26.4 C
Kathmandu
Thursday, June 18, 2026
spot_img

अत्यावश्यक सेवा बाहेक रावा बेसि गाउँपालिकाका सम्पुर्ण कामहरु बन्द (सुचना सहित)

खोटाङ । खोटाङको रावा बेसि गाउँपालिकाले भदौ ३ गतेदेखि लागु हुने गरि ७ दिनका लागि कार्यलय बन्द गर्ने निर्णय गरेको छ । मंगरबार एक विज्ञप्ति जारि गर्दै कोरोना संक्रमित बिरामिहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकाले स्वास्थ्य सेवा र अति आवश्यक काम बाहेक सबै सेवा बन्द गरिएको गाउँपालिका कार्यलयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,“अझै पनि कोभिड १९ संक्रमित बिरामिको संख्या दिनानु दिन बढ्दै गएको, यस कार्यलयका कर्मचारि तथा निजको परिवार समेतलाई संक्रमित पारेको तथा छिमेकि पालिकाहरुमा समेत यस रोगको प्रभाव देखिएको हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि मिति २०७८-०५-०३ देखि लागु हुने गरि मिति २०७८-०५-०९ गते ७ दिन सम्म्को लागि यस रावा बेसि गाउँपालिकामा यस गाउँपालिका अन्तर्गत स्वास्थ्य सेवा बाहेक सम्पुर्ण कार्यलयको अति आवश्यक बाहेक कामहरु बन्द गरिएको छ ।”

साथै यसबाट पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमा याचना समेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स