12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दै : साँझ शपथ खुवाउने तयारि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्तको परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन्।

देउवाले मंगलबार साँझ पाँच बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ। यसका लागि सबै तयारी पूरा भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय ुअसंवैधानिकु ठहर गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो।

प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। देउवा पक्षमा बहुमत देखिएकाले देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न अदालतले आदेश दिएको हो। संविधानको धारा ७६ ९५० अनुसार देउवा प्रधानमन्‍त्रीमा नियुक्त हुन लागेका हुन्।

सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। अदालतले पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन श्रावण ३ गते आइतबार अपरान्ह ५ बजेभित्री प्रारम्भ हुनेगरी बैठक बस्ने व्यवस्था तत्काल मिलाउन परमादेश जारी गरेको छ।

स्रोतका अनुसार देउवाले आजै विपक्षी गठबन्धनलाई समेटेर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। राष्ट्रिय जनमोर्चो, एमालेको माधव समूह र राष्ट्रिय जनता पार्टीका उपेन्द्र यादव समूहले तत्कालै सरकारमा नजाने बताएका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स