29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।

वृद्धि गरिएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापनको निर्णयअनुसार पेट्रोल र डिजेल,मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स