24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

नयाँ सरकार गठनको तयारीमा गण्डकी प्रदेश सभा

कास्की । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तैयारी भैरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन ।

मुख्य मन्त्रीका लागि माओवादीका हरि बहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागेपनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई र १ मन्त्रालय राप्रपाको भागमा पर्ने र मुख्य मन्त्री र उपसभामुखसहित अन्य मन्त्रालय एमालेमा रहने गरी मन्त्रालय गठन हुने बताइएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरङ्गद्वारा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ती गर्नका लागी आज चार बजे भित्र दावी पेश गर्न आव्हान गर्नु भएको छ ।

गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३६ प्रत्यक्ष र ३४ समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरु छन् । जसमध्ये मतभारका आधारमा सबै भन्दा बढी समानुपातिक साँसद एमाले १०, नेपाली काँग्रेस ९ र नेकपा माओवादी केन्द्रका ३ र राप्रपाका २ सदस्य छन् ।

प्रत्यक्ष तथा समानुपातिक गरी काँग्रेसको कुल २७ साँसद छन भने एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी २२ जना साँसद सदस्य छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक ३ गरी ८ जना सदस्य रहेका छन् ।मनाङ्ग क्षेत्र नं. २ बाट राजीव गुरुङ्ग स्वतन्त्रबाट निर्वाचित भएपनि यसपटक उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स