27.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स