20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

चाडपर्व नजिकिएसँगै बढ्न थाल्यो रेमिट्यान्स आप्रवाह

काठमाडौं । नेपालमा चाडपर्वको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्दछ । दशैंतिहार नजिकिदै गर्दा रोजगारीका लागि विदेशमा रहेका नेपालीले नेपालमा रेमिट्यान्स पठाउने गर्छन् । यो बेला उनीहरूले घरपरिवार र आफन्तलाई पैसा पठाउने गरेकाले असोजदेखि मंसिरको समयलाई रेमिट्यान्सको ‘सिजन’ पनि मान्ने गरिन्छ ।

अहिले दशैंलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुले धमाधम रेमिट्यान्स नेपाल पठाइरहेका छन् । विदेश गएकाहरुले चाडपर्वको अवसरमा घरमा पैसा पठाउने चलन भएकाले पनि यस समयमा रेमिट्यान्स भित्रिने क्रम बढेको हो । दशैं नजिकिएसंगै नेपालमा रेमिट्यान्स भित्रिनेक्रम विस्तारै बढ्न थालेको नेपाली मुद्रा विप्रेषण संघ कार्यकारी सदस्य तथा हुलास रेमिटका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल बताउँछन् । उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीहरुले दशैं तिहारको समयमा अन्य समयमा भन्दा केहि बढी रेमिट्यान्स पठाउँछन् । यस वर्षको दशैं तिहार नजिकिएसंगै रेमिट्यान्स भित्रिने क्रम विस्तारै बढ्न थालेको छ ।’

तर, अपेक्षा अनुसार रेमिट्यान्स भित्रिन भने नसकेको उनले गुनासो गरे । हुण्डी लगायतका कारोबार रोक्न नसक्दा नेपालमा अपेक्षा अनुसार रेमिट्यान्स भित्रिन नसकेको उनको तर्क छ । ‘अहिले सबैतिरबाट हेर्ने हो भने नर्मल टाइम मानिन्छ । यस्तो बेलामा रेमिट्यान्स आप्रवाह केहि बढी आउने अपेक्षा गरिन्छ । तर, केहि मात्रामा रेमिट्यान्स आप्रवाह बढेपनि अपेक्षा अनुसार आउनु सकेको छैन’ उनले भने ।

पौडेलले भनेजस्तै अपेक्षा अनुसार रेमिट्यान्स नआएको तर्क राख्छन् नेपाली मुद्रा विप्रेषण संघका उपाध्यक्ष नेपाल रेमिटका सञ्चालक तथा रितेस मित्तल । उनी भन्छन्, ‘सामान्यतया चाडपर्व नजिकिदा नेपालीहरुले रेमिट्यान्स पठाउने गर्छ । तर, यस वर्षको दशैं नजिकिए पनि रेमिट्यान्स खासै बढ्न सकेको छैन । हामीले जति अपेक्षा गरेका थियौं त्यति रेमिट्यान्स आउन सकेको छैन ।’

उता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वदेशमा हुने आफन्तलाई चाडपर्व खर्च पठाउने हुँदा यो समयमा रेमिट्यान्सको कारोबार बढेको युनाइटेड रेमिटका सुदनसिंह सिलवाल बताउँछन् । उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीहरुले अरुबेला भन्दा केहि बढी चाडपर्वमा रेमिट्यान्स पठाउँछन् । यस वर्षको दशैं नजिकिदै गर्दा अहिले रेमिट्यान्स भित्रिनेक्रम बढ्दै गएको देखिन्छ ।’

अरुबेलाको तुलनामा अहिले रेमिट्यान्स भित्रिनेक्रम १० प्रतिशतले बढेको उनले जानकारी लिए । सिलवालले भने, ‘अरू बेलाभन्दा चाडपर्वमा रेमिटयान्स धेरै भित्रिन्छ । चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्सको भित्रिनेदर बढेको छ । रोजगारीका क्रममा विदेशमा रहेकाहरूले आफन्तलाई दशैं–तिहार मनाउन छुट्टै खर्च पठाउने गर्छन् । अहिले रेमिट्यान्स भित्रिनेक्रम १० प्रतिशतले बढेको छ ।’

उनका अनुसार सबैभन्दा बढी अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, साउदी, कतार, मलेसिया, कुबेत लगायत देशहरुबाट नेपालमा रेमिट्यान्स भित्रिने गर्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने रेमिट्यान्स आप्रवाह २० प्रतिशत भनदा बढीले बढेको देखिन्छ । बिहिबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विप्रेषण आप्रवाह २०।३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा विप्रेषण आप्रवाह ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७।४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।८ प्रतिशतले घटेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २२२।८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५।४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६।१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स