25.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img

असार १ गतेबाट बिदा र कार्यालय समय पुरानै कायम हुने (सुचना सहित)

काठमाडौँ । असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

जेठ महिनाभर परिक्षणको रुपमा साताको दुई दिने विदा लागु गरिंदा कार्यालय समय विहान ९:३० देखि ५:३० सम्म कायम गरिएको थियो । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि पुनः पुरानै कार्यालय समय कायम गरिएको छ ।

सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ । यस्तै शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स