22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

मुलुकभर थप ३४१ जनामा कोरोना पुष्टि, ३ को मृत्यु, ३ सय ७६ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४१६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १३ जना र २ हजार ८२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ७६जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०७ हजार १५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २३६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ८८ हजार ५१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स