28.1 C
Kathmandu
Thursday, August 20, 2026
spot_img

मालिका गाउँपालिकाले किसानलाई यान्त्रिकीकरणमा ६० प्रतिशत अनुदान दिने

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्दै किसानलाई ६० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा प्रविधिको प्रयोग बढाउने उद्देश्यले अनुदान कार्यक्रम अघि बढाएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार अनुदान वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको छ।

गाउँपालिकाले भदौ २ गते सूचना प्रकाशित गर्दै इच्छुक किसान तथा कृषक समूहलाई १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन पेश गर्न आग्रह गरेको छ।

अनुदान प्राप्त गर्न निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषक समूह दर्ता तथा नवीकरण प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस र पान नम्बर प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

त्यसैगरी, पछिल्लो करिब दुई वर्षभित्र अन्य कुनै निकायबाट अनुदान नलिएको स्वघोषणापत्रसमेत बुझाउनुपर्ने गाउँपालिकाले जनाएको छ। निवेदनको ढाँचा तथा स्वघोषणापत्र सम्बन्धित वडा कार्यालयबाट समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

गाउँपालिकाले कृषि उत्पादन लागत घटाउँदै किसानको श्रम तथा समय बचत गर्ने र आधुनिक कृषि प्रविधिको प्रयोग बढाउने उद्देश्यले यान्त्रिकीकरणसम्बन्धी अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स