18.1 C
Kathmandu
Thursday, April 30, 2026
spot_img

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौँको फोहर रोकियो

नुवाकोट । नुवाकोटको बञ्चरेडाँडामा स्थानीय बासिन्दाको अवरोधका कारण काठमाडौँ उपत्यकाबाट आएका फोहरका गाडी रोकिएका छन्। स्थानीयका अनुसार विगतमा काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको कारण उनीहरूले फोहर फाल्न नदिएका हुन्।

स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिनुभयो, “पटक–पटक भएका सहमतिले हामी पीडित भएका छौँ। हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ।” यसअघि गत कात्तिक १६ गते सहरी विकास मन्त्री Kulman Ghising ले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जन अवरोध केही समयका लागि हटेको थियो।

यसपटक नुवाकोटको ककनी गाउँपालिका १, २, ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३, ४ का स्थानीय बासिन्दा सडकमा बसेर फोहर बोकेका गाडीलाई अगाडि जान दिएका छैनन्। प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र दलका नेताहरूले पनि उनीहरूको पक्षमा समर्थन जनाएका छन्।

स्थानीयका अनुसार वातावरण संरक्षण, पूर्वाधार विकास र विगतका प्रतिबद्धता कार्यान्वयन नभएसम्म उनीहरूको विरोध जारी रहनेछ।

प्रतिक्रिया

हेडलाइन्स