29.6 C
Kathmandu
Thursday, June 25, 2026
spot_img

काठमाडौँ उपत्यकामा असोज अन्तिम साता मात्र मेलम्चीको पानी

काठमाडौँ । यस वर्ष असोजको अन्तिम सातातिर मात्र मेलम्चीको पानी उपत्यकामा आउने भएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव अत्यधिक बढेकाले दशैँअघि पानी आपूर्ति गर्न नसकिने भएको हो। “बहाव अझै घटेको छैन, घटेपछि मात्र पानी ल्याउने तयारी छ,” दासले बताए।

वि.सं. २०७८ असारमा आएको बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवर्क्स क्षतिग्रस्त भएपछि उपत्यकामा हिउँदमा मात्रै पानी वितरण हुँदै आएको छ। केही दिनयता लगातारको वर्षाले पुनः समस्या उत्पन्न गरेको हो।

हाल मेलम्चीको मुहान बन्द भएकाले रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी मात्र काठमाडौँमा ल्याइँदै आएको समितिले जनाएको छ। जबकि मेलम्ची सञ्चालनमा हुँदा दैनिक करिब १७–१८ करोड लिटर पानी उपत्यकामा आपूर्ति हुँदै आएको थियो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि आपूर्ति भने विभिन्न स्रोतबाट १३–१४ करोड लिटरमै सीमित रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स