22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

विवाहको खर्च रकम कटाएर गाउँमै निःशुल्क स्वास्थ्य शिविर

गुल्मी । हाम्रो समाजमा विवाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विवाहको खर्च रकम कटाएर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ निवासी संचारकर्मी मोहन बस्नेतले बिहेको भोज खर्च रकम कटाएर गाउँमै बिशेषज्ञ डक्टरसहित एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुभएको हो । गाउँमै निःशुल्क स्वास्थ्य शिबिर उपचार गर्न पाउदा स्थानीय खुसी थिए ।

बिहेको भोजमा हुने फजुल खर्च बचाएर समाजमा यस्ता खालका कामले अरुलाई पनि पाठ सिकाउने स्थानीय समाजसेवी शेरजंग बस्नेतले बताउनुभयो । विवाहमा हुने फजुल खर्च बचाएर मानव सेवा निम्ति ठूलो काम गरेको उहाँले बताउनुभयो ।

गाउँमा पछिल्ला पिंढीका युवाहरुमा यस्तो नवीन सोचले समाजमा केही गर्नुपर्छ भन्ने प्रेरणा अन्यलाई मिल्ने बस्नेतको भनाइ छ । सुगर, प्रेसर, थाइराइड, दम, ग्याष्ट्रिक लगायतका समस्यामा रहेकी पम्फी बिश्वकर्माले गाउँमा राखिएको स्वास्थ्य शिबिरले ठूलो लाभ मिलेको बताउनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा भाँडागाँउसँगै सदरमुकाम तम्घास र अन्य ठाउँबाट समेतका मानिसहरुको सहभागिता रहेको थियो ।

बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बिशिर आयामेजना गरेका सञ्चारकर्मी मोहन बस्नेतले बताउनुभयो । गत मंसिर १३ गते विवाह गरेका बस्नेतले विवाहलाई भड्किलो नबनाइ मानविय सेवा गरौं भन्ने उद्देश्य राखेका बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स