28.1 C
Kathmandu
Friday, April 24, 2026
spot_img

जग्गा वर्गीकरण गर्न स्थानीय तहकै बेवास्ता

प्युठान । सरकारले जारी गरेको भू–उपयोग नियमावली प्युठानमा कार्यान्वयन हुन सकेको छैन। नियमावली लागू गर्न स्थानीय तहको ढिलाइ गरेका छन् । प्युठानमा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने भू–उपयोग परिषद् नै बनाउन सकेका छैनन्। आवश्यक प्रक्रियासमेत अगाडि नबढ्दा यहाँका नौ वटा स्थानीय तहमा जग्गा वर्गीकरणको काम भएको छैन ।

जिल्ला मालपोत कार्यालय प्युठानका प्रमुख भोजबहादुर भण्डारीले स्थानीय तहहरुले भू–उपयोग नियमावली कार्यान्वयनमा तदारुकता नदेखाएको बताउनुभयो।

भण्डारीले भन्नुभयो, ‘हामीले स्थानीय तहलाई माथिल्लो परिपत्रको आधारमा पत्र काटेर अनुरोध गरिसकेका छौं। अहिलेसम्म कुनै पनि पालिकाबाट निर्णय भएर आएको छैन।’ पालिकाहरुले जग्गा वर्गीकरण नगर्दा सेवाग्राहीले दुःख पाएको भण्डारीले बताउनुभयो। उहाँका अनुसार गत जेठ २६ गतेदेखि कित्ताकाट रोकिएको छ। कित्ताकाट रोकिँदा प्रदेश र स्थानीय तहको राजस्वसमेत प्रभावित भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो।

सरकारले गत जेठ २६ गते भूमिसुधार मन्त्रालय अन्तर्गतका सबै कार्यालय र पालिकाहरुलाई परिपत्र गर्दै २०७९ मङ्सिर २३ भित्रमा भू–उपयोग नियमावलीको कार्यान्वयन गर्न निर्देशन दिएको थियो । पालिकाले कृषि, गैरकृषि क्षेत्रका रुपमा जग्गाको वर्गीकरण गर्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स