25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

उजुरी परे पनि पक्राउ परेनन् मिटरब्याजी

सिरहा । मिटर व्याज विरुद्ध संघर्ष समिति मधेश प्रदेशले बिज्ञप्ती जारी गर्दै प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यलयको भुमिकाप्रति शंका व्यक्त गरेको छ । अन्य प्रदेशका विभिन्न जिल्लामा मिटव्याजीहरु धमाधम पक्राउ परे पनि मधेस प्रदेशको सिरहा जिल्लामा हाल सम्म कसैलाई पनि पक्राउ नगर्नुले आशंका सिर्जना भएको समितिले बिज्ञप्तीमा उल्लेख गरेको छ ।

गृहमन्त्रीस्तरीय निणर्यबाट गत श्रावण २७ गते गृहमन्त्रालयलले मिटर व्याज अपराध नियन्त्रणका लागि सार्वजानिक सूचना जारी गरेको थियो । मन्त्रालयको सूचना पछि सिराहा जिल्लामा करिब ३०० उजुरी दर्ता भएका छन् भने समग्र मधेस प्रदेशका ८ जिल्लामा करिब १९०० मिटर ब्याजविरुद्ध उजुरी परेको छ ।

जिल्लाका सबै उजुरी दर्ता हुन नसकेको, दर्ता भएका उजुरीमा पनि प्रशासनले संरक्षण गरेको लगायतका आरोप सिमितिको रहेको छ । फर्जी तमसुक खारेज गर्नु पर्ने, जफत गरेका सम्पत्ति फिर्ता गर्नु पर्ने, मिटर व्याजिहरुको अवैध सम्पत्ति जफत गर्नु पर्ने, मिटर ब्याज, सुदखोरी सम्बन्धित अदालतबाट भइरहेको फैसलामा रोक लगाउन पर्ने माग राख्दै समितिले विगत देखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स