गुल्मी । गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुंगा बहुमुखी क्याम्पसमा आर्थिक संकटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक संकटकालको घोषणा गर्ने निर्णय गरेको हो । क्याम्पस सञ्चालक समितिको बैठकले विभिन्न पाँच बुँदे निर्णय सहित क्याम्पसको विद्यमान आर्थिक अवस्था एवम् विद्यार्थी भर्नादर न्यून भएको भन्दै ६ महिनाका लागि क्याम्पसमा आर्थिक संकटकालको घोषणा गरिएको हो ।
क्याम्पसको वर्तमान आर्थिक अवस्था एवम् समग्र वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन पेश गर्न क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्मबहादुर विश्वकर्माको संयोजकत्वमा सञ्चालक समिति सदस्य ठाकुरप्रसाद पाण्डेय र गोपालप्रसाद भुसाल सदस्य रहने गरी तिन सदस्यीय अध्ययन तथा समाधान सुझाव उपसमिति गठन गरिएको छ ।
त्यस्तै, बैठकले क्याम्पसको वर्तमान अवस्था तथा समयानुकुल वर्तमान क्याम्पस नियमावली २०४७ ९संशोधित ०७६० मा संशोधन गर्नु पर्ने भएकाले भदौ १८ गते विशेष क्याम्पस साधारणसभाको आव्हान समेत गरेको छ । क्याम्पसको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी अर्को व्यवस्था नहुँदासम्मका निम्ति क्याम्पस प्रमुखबाट मात्र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने तथा सहायक क्याम्पस प्रमुखहरुलाई राजीनामा दिई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
क्याम्पस नियमावली २०४७ ९संशोधित २०७६० मा समयानुकूल आवश्यक बुँदाहरुमा संशोधन गर्नका लागि संशोधन मस्यौदा पेश गर्न क्याम्पस सञ्चालक समितिका सदस्य यज्ञप्रसाद पन्थीको संयोजकत्वमा पार्वता थापा र सदस्य सचिव क्याम्पस प्रमुख हरिबहादुर खत्री रहने गरी तीन सदस्यीय नियमावली मस्यौदा उपसमिति गठन गर्ने र उक्त उपसमितिले पाँच दिनभित्र मस्यौदा पेश गर्ने निर्णय गरेको बताइएको छ ।
वि।सं।२०३९ सालमा स्थापना भएको क्याम्पसले आर्थिक संकट बेहोर्नु परेको हो । “त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय स्तरमै विद्यार्थी भर्नादर खस्किएको छ । यसबाट रेसुङ्गा बहुमुखी क्याम्पस पनि अछुतो रहन सकेन ।” क्याम्पस प्रमुख हरिबहादुर खत्रीले भन्नुभयो,“यस क्याम्पसमा गरिब, विपन्न पढ्ने गर्दछन् । उनीहरु माथि धेरै शुल्क पनि लगाउन सकिदैन् ।”
विद्यार्थीबाट उठाइएको शुल्कले मात्रै क्याम्पसको प्रशासनिक खर्च धान्न नसकिएको भन्दै दीगो आर्थिक स्रोतको बाटो नहुँदा क्याम्पसले आर्थिक संकट बेहोर्नु परेको उहाँले बताउनुभयो । आर्थिक संकट समाधानका लागि आन्तरिक गठित समिति प्रतिवेदनको आधारमा नै समस्याको समाधान गरिने खत्रीले बताउनुभयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले क्याम्पसको आर्थिक संकटलाई टार्न कार्यदल गठन गरिएको बताउँदै उक्त कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा थप निर्णयहरु गरिने उल्लेख गर्नुभयो । सो कार्यदललाई आवश्यक गाईडलाईनहरु समेत दिइएको छ । अहिले सबैको ध्यान आर्थिक संकट कसरी टार्न सकिन्छ भन्नेमा रहेको बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सबैको सहयोग र सहकार्यमा क्याम्पसको आर्थिक संकटलाई पार लगाउने बताउनुभयो । “सुरुदेखि क्याम्पसको हरेक गतिविधिसँग आफु साक्षात्कार रहेको उल्लेख गर्दै,” उहाँले भन्नुभयो, “क्याम्पसको दीगोपनाका लागि हामी प्रतिबद्ध छौं । यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरेरै अगाडी बढ्छौं ।” क्याम्पसलाई नयाँ तरिकाले नयाँ धारबाट सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।
यस क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययनरअध्यापन हुँदै आएको छ । हाल यस क्याम्पसमा ७६० विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसमा पूर्णकालीन प्रध्यापक २४ जना र १० जना आंशिक प्रध्यापकमध्ये ७ जना प्रध्यापनरत छन् । पूर्णकालीन कर्मचारी १० जना रहेका छन् । क्याम्पसमा कार्यरत प्रध्यापक तथा कर्मचारीहरुलाई आर्थिक संकटका कारण आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन सकेको छैन् ।