काठमाडौ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९० को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।

