23.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

शुक्लागण्डकी नगरपालिकाका दश विद्यालय सधैँका लागि बन्द

तनहुँ । विद्यार्थीको अभावको कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाको ग्रामिण क्षेत्रका दश वटा सामुदायिक विद्यालय बन्द भएका छन् । सुविधाको खोजी गर्दै गाउँ छोडेर शहर झर्नेहरुको बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिकाको ग्रामिण क्षेत्रका गाउँ रिक्तिन थालेपछि विद्यार्थी सङ्ख्या घट्दै गएकोले बन्द भएका हुन् ।

कतिपय ग्रामिण क्षेत्रमा निजी विद्यालय खुलेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको अर्को कारण हो ।नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवराज चापागाईँका अनुसार कुलुङ मर्दशा प्रावि, जलदेवि प्राथमिक विद्यालय, भैरव प्राथमिक विद्यालय, सूर्यादय प्राथमिक विद्यालय, इन्द्रज्योती आधारभूत प्राथमिक विद्यालय विद्यार्थी अभावले बन्द भएका छन् । त्यस्तै शान्ति वर्ष प्राथमिक विद्यालय, सिमाना प्राथमिक विद्यालय, मर्दशा गुलशन प्राथमिक विद्यालय र दारुङ कुलुङ मर्दशा प्राथविमक विद्यालय पनि बन्द भएका छन् ।

भौतिक सम्पत्ती पायक पर्ने नजिकैको विद्यालयमा उपलव्ध गराउने र विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकहरु पठाउने गरिएको छ । ‘१५० घर भएको गाउँमा १० घरमा सिमित भएको अवस्था भएकाले थोरै विद्यार्थी हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ,’ वडा नम्बर १४ का अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र तीन प्रतिशत विद्यालय छोडने दर रहेको छ । दिवा खाजाको व्यवस्था गरिएपछि बालविकास र कक्षा एक–पाँचमा विद्यार्थी बढ्न थालेको शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार कक्षा एक–पाँचका दुई हजार ६३७ र बालविकासका एक हजार ५५ गरि कुल तीन हजार ६९२ जना विद्यार्थीहरुलाई दिवा खाजा उपलव्ध गराउँदै आएको सो शाखाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स