21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

थप ३ हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२ सय ७१ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९२२ जना र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ४० हजार ५२२ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १५ हजार २४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ८१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५८ लाख ४१ हजार ५८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स