19.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

उपत्यकाका विद्यालयमै बालबालिकालाई खोप

काठमाडौँ । कोरोना संक्रमण बढेसँगै सरकारले उपत्यकाका विद्यालयमै गएर बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा फाइजर र भक्तपुरमा मोडर्ना खोप लगाउन सुरु गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । विभागले आइतबारदेखि विद्यालय तहमै खोप लगाउन जिल्लालाई निर्देशन दिए पनि केहीले भने सुरु गरेको छैन ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले दधिकोटको अरनिको माध्यमिक विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई खोप लगाएर विद्यालयमा खोप लगाउने अभियानको सुरुवात गरेको हो । ‘खोप लगाउन पाउँदा विद्यार्थी खुसी छन्,’ अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ रिमालले भने, ‘आमा‚ बुबा र शिक्षकले खोप लगाउँदा नानी बाबुले लगाउन पाएका थिएनन् । कोरोना बढ्न लाग्दा उनीहरुलाई पनि खोप लगाउँदा हामी पनि खुसी छौं ।’

यसअघि १८ वर्षमाथिका वयस्कलाई कोभिसिल्ड, भेरोसिल, जे एन्ड जे, फाइजर र मोडर्ना लगाइएको थियो । सरकारले १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका बालबालिकालाई अमेरिकामा बनेको फाइजर र मोडर्ना खोप दिन सुरु गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स