28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस(जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको छ ।

एस जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा उक्त भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।

ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स