29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको घुइँचो

काठमाडौं । स्थानीय तहको चुनावको सरगर्मी सुरु भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको छ । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको लर्को लागेको देखिन्थ्यो ।

काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका तर नागरिकता भने अन्य जिल्लाबाट लिएका मतदाताहरूले समेत काठमाडौंबाट नाम दर्ता गरिरहेका छन् । बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गर्नको लागि उनीहरु लाइन लागिरहेका छन् ।

बिहान १० बजेदेखि नाम दर्ताको लागि प्रक्रिया सुरु भएपनि मानिसहरु बिहान ९ बजेदेखि नै लाइनमा देखिन्थे । दर्ता प्रक्रिया भने बेलुका अबेरसम्म हुने गरेको निर्वाचन कार्यालयका अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स