29 C
Kathmandu
Friday, August 15, 2025
spot_img

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ

जाजरकोट । जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।​

प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् ।

उनीहरूको साथबाट २ लाख नगद पनि बरामद गरिएको प्रवक्त श्रेष्ठले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स