25.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

वीरगञ्ज महानगरमा ५ महीनामा १८ करोड राजश्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८ ७९ को पाँच महीनामा १८ करोड राजश्व संकलन गरेको छ । ०७८ साउनदेखि मंसिर मसान्तसम्म विभिन्न शीर्षकमा १८ करोड ७३ लाख ५२ हजार १६७ रुपैयाँ ९८ पैसा राजश्व संकलन गरेको हो ।

राजश्व व्यवस्थापन महाशाखाकाका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सम्पत्ति कर सात करोड ६७ लाख ५८ हजार १५१ रुपैयाँ ५८ पैसा, भूमिकर तथा मालपोत ५० लाख ३५ हजार ९२५ रुपैयाँ ६४ पैसा, घर बहाल कर दुई करोड ३४ लाख २४ हजार ५८ रुपैयाँ ९४ पैसा, बहाल विटौरी कर नौ लाख ४७ हजार ५२१ रुपैयाँ १६ पैसा उठाएको छ ।

यस्तै, सवारी साधनमा लाग्ने कर (साना) दुई लाख ७० हजार ९ सय ५० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर एक करोड ९००, विज्ञापन कर १४ लाख ७८ हजार ३४ रुपैयाँ उठेको छ । अन्य मनोरञ्जन कर ९२ हजार ६५३ रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर ८७ लाख ८८ हजार, अखेटोपहारमा लाग्ने कर २९ लाख ३४ हजार २५६ रुपैयाँ ६२ पैसा, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ४९ लाख २५०, अन्य स्रोतबाट बाँडफाँड नहुने ७१ लाख ६६३ रुपैयाँ प्राप्त भएको छ ।

त्यसैगरी विद्युत सेवा शुल्क १८५ रुपैयाँ, अन्य सेवा शुल्क एक करोड १४ लाख ७० हजार ७१३ रुपैयाँ ७० पैसा, न्यायिक दस्तुर ६ हजार ६४०, परीक्षा शुल्क चार लाख पाँच हजार ३८० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क दुई लाख ६१ हजार ३००, नक्सा पास दस्तुर दुई करोड ३० लाख ३१ हजार ६९८ रुपैयाँ १९ पैसा, सिफारिस दस्तुर ७९ लाख ९५ हजार ३०५ रुपैयाँ ७५ पैसा संकलन भएको छ ।

नगरपालिकाले व्यक्तिगत घटना दर्ता दस्तुर ८ लाख ८८ हजार ३५३ रुपैयाँ, अन्य दस्तुर १३ हजार ९५०, प्रशासनिक दण्ड जरिवानावापत एक करोड ९ हजार ५८६ रुपैयाँ ७५ पैसा र बेरुजु ५३ हजार ५ सय रुपैयाँ असुल गरेको छ ।

गत आर्थिक वर्ष ०७७र०७८ को तुलनामा २० प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको राजश्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानले जानकारी दिए । गत आर्थिक वर्षको पाँच महीनामा कार्यालयले १५ करोड ४९ लाख ८२ हजार ६८९ रुपैयाँ ६६ पैसा राजश्व संकलन गरेको थियो । वीरगञ्जमा १६ वटा सहरी र १६ वटा ग्रामीण वडा छन्, कर तिर्नका लागि सबैलाई वीरगञ्ज नै आउनुपर्ने बाध्यता छ’ उनले भने, ‘केही वडालाई प्रविधिमैत्री बनाएका छौं, वडाबाटै सिफारिस शुल्क तथा कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स