21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

माओवादीको विधान पारित, अन्तिम रूप केन्द्रीय कमिटीले दिने

काठकाडौँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले विधान पारित गरेको छ ।विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ माओवादी नेता देव गुरुङले दिएपछि विधान पारित भएको हो ।

विधान मस्यौदामा उठेको प्रश्नहरूको जवाफ दिँदै स्थायी कमिटी सदस्य रहेका नेता गुरुङले सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रूप दिनेगरी विधान मस्यौदा पारित गर्न अनुरोध गरेको थिए । उनको प्रस्तावपछि महाधिवेशनको बन्दसत्रहलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स