22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

चिसो बढेसँगै विदधुत खपत वर्षकै उच्च

काठमाडौं। मंगलबार देखिको मौसम वदलीसँगै ह्वात्तै बढेको चिसोका कारण विदधुत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विदधुत प्राधिकरणको तथ्याङक अनुसार विदधुत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ ।

प्रभावकारी विदधुत वितरण हुन सकेको भए विदधुत खपत अझ बृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । पुराना संरचना र चिसोसँगै विदधुत वितरण प्रभावकारी नहुदाँ धेरैजसो स्थानमा विद्युत कटौती भएको उहाँले बताउनुभयो ।

बुधबारको विदधुत माग वर्षकै उच्च हो । माग बढी हुँदा प्राधिकरणको वितरण संरचनाले समेत नधानेर ट्रान्फर्मर पड्किने समस्या, क्षमताले नधान्दा तारमा आगो लाग्ने, भूमिगत वितरण लाइनलाई सञ्चालन गर्न नसक्दा ग्राहकलाई भनेअनुसार विदधुत आपूर्ति गर्न नसकेको प्रवक्ता भट्टराईले बताउनुभयो । प्राधिकरणले विद्युत खपतलाई बृद्धि गर्न विभिन्न रणनीतिहरु अपनाउन शुरु गरेसँगै वितरणलाई प्रभावकारी बनाउने लागि परेको उहाँले बताउनुभयो ।

चिसोका कारण तातो बनाउने विदधुतीय सामाग्री प्रयोगको दर धेरै बृद्धि भएको पाइएको छ । वितरणलाई प्रभावकारी बनाउन प्राधिकरणको पुरानो संरचना पुनःनिर्माण, भुमिगत संरचना तत्काल सञ्चालन गर्ने, सडकले अवरुद्ध गरेको निर्माण कार्यलाई तत्काल समन्वय गरी काम अघि बढाउने, लगाइएको ठेक्का कोभिड–१९ ले ढिलाइ भए पनि तत्काल काम सम्पन्न गर्न ताकेता गर्नेजस्ता काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

वितरणका लागि सव–स्टेशन निर्माणलाई तिव्रता दिएसँगै प्रशारण लाइन विस्तारपनि द्रूतगतिमा भएकाले आउने वर्षदेखि विदधुत खपतको दर एक हजार आठ सय मेगावाट माथि पु¥याउने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । खपत बृद्धिसँगै आन्तरिक उत्पादनले अपुग भएको विदधुत हिउँदमा भारतबाट आयत गरी पूर्ति गर्दे आएको जनाएको छ । हाल भारतबाट ६५० मेगावाटसम्म विदधुत आपूर्ति गर्नु परेको प्राधिकरणको तथ्याङ्क छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स