23.8 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

तत्काल मेलम्चीको पानी ल्याउन काम गरिरहेको सरकारको दावि

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी तत्काल काठमाडौँ उपत्यकामा ल्याउनका लागि सरकारले काम गरिरहेको बताएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताएका हुन् ।

“पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु”, उनले भने ।

मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाडौँबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।

उनले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामति ऐनमा रहेको कर्मचारीको पेशागत हित विपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए ।

मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हकहित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको बताए । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रक्रिया र मापदण्ड पु¥याएर स्थायी गर्न माग गरे ।

युनियन खानेपानी तथा सरसफाइ मन्त्रालयका अध्यक्ष रामचन्द्र ढकाल, खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्वमहानिर्देशक सूर्यप्रसाद कँणेल, आधिकारिक ट्रेड युनियनका महासचिव तेजकुमार केसी, युनियनका बागमती प्रदेश अध्यक्ष एकनारायण काफ्लेलगायतले कर्मचारीको हक हित र अधिकारका लागि युनियनको भूमिका महत्वपूर्ण भएको बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स