25.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

थप २१९ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु, २८३ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १३ जना र २ हजार ४९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ८३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १० हजार ७८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६७७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख २४ हजार ३१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स