22.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

गुल्मीमा २७ हजार ८३४ विद्यार्थीलाई कोरोना विरुद्धको मोडना खोप प्रदान

तम्घास। गुल्मीमा २७ हजार ८३४ विद्यार्थीले कोरोना विरुद्धको मोडना खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समूहका २७ हजार ८३४ विद्यार्थीहरुलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । कुल ३० हजार डोज खोप जिल्लामा उपलब्ध भएकोमा २७ हजार ८३४ डोज खोप प्रदान गरिएको अचार्यले बताउनुभयो ।

जिल्लाका ९३ वटै वडाका स्वास्थ्य संस्था र स्वास्थ्य संस्थादेखि दुरीको हिसावले टाढा भएका बिद्यालयहरुमै गई खोप प्रदान गरिएको उहाँको भनाइ छ । कतिपय विद्यालयमा विद्यार्थीहरु अनुपस्थित भएको र खोप लिनबाट छुटेका विद्यार्थीहरुलाई पनि समावेश गर्ने गरी स्वास्थ्य कार्यालय लागेको उहाँले बताउनुभयो । १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई प्रदान गरिएको खोपको आधारमा ९२ प्रतिशत उपलब्धी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पुस ५ गतेदेखि ९ गतेसम्म चलेको अभियानमा स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरुले इमान्दारीताका साथ काममा लागि परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, गुल्मीमा जनसङख्याको हिसाबमा १८ वर्ष भन्दा माथिका ८० प्रतिशत नागरिकहरुले खोप पाएका छन् भने ४२ प्रतिशत नागरिकहरुले दोस्रो मात्राको खोप पाएको आचार्यले जानकारी दिनुभयो । गुल्मीमा अहिलो सक्रिय संक्रमितको संख्या आठ जना रहेका छन् भने संक्रमणका कारण ९७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स