21.7 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

क्रिसमसले ओमिक्रोन जोखिम बढ्ने विज्ञहरुको भनाइ

काठमाडौं । क्रिसमसका लागि बढ्दो घुमघाम र यात्राले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पूर्ण खोप लगाएकाहरुमा व्यापक रुपमा बढ्ने सम्भावना रहेको अमेरिकी संक्रामक रोग विशेषज्ञको भनाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउसीले सञ्चारकर्मीसँग गरिएको एक कार्यक्रममा ओमिक्रोन भेरियन्टमा अन्य भेरियन्टभन्दा छिटो फैलिन सक्ने क्षमता रहेको बताउनुभयो । अमेरिकी सरकारको स्वास्थ्य सल्लाहकार समेत रहनु भएका फाउसीले ओमिक्रोन संसारभर फैलिएको बताउनु भयो ।

केही युरोपेली मुलुकहरुले संक्रमण बढेसँगै प्रतिबन्धात्मक व्यवस्थामा कडाइ गरेका छन् । नेदरल्याण्डले क्रिसमस लक्षित गरी कडा लकडाउनको घोषणा गरेको छ । बेलायत, फान्स र जर्मनीले पनि कोभिड संक्रमण नियन्त्रणका लागि कडा प्रतिबन्धात्मक व्यावस्था लागू गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स