25.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

कांग्रेस महाधिवेशन: सभापतिका उम्मेदवार पाँचै जनाको बहुमत पुगेन, फेरि निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको मतदानमा सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन ।

पछिल्लो विवरण अनुसार जम्मा चारहजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएको छ ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । तर, सभापतिको उम्मेदवार पाँचै जनाले बहुमत ल्याउन सकेनन् । सोमबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८३ मत पुगेन ।सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १७४९ मत पाए, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका छन् ।

अब शेदरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का भएको छ । पार्टीको निर्वाचन समितिका अनुसार आजै मदतान गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स