19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

चाइल्ड नेपालद्धारा टोखा नगरपालिका—११ लाई नमुना बालबिकास केन्द्र हस्तान्तरण

काठमाडौँ । बालअधिकारको क्षेत्रमा कार्यरत गैरसरकारि संस्था चाइल्ड नेपालले टोखा नगरपालिकालाई श्रि महादेव सामुदायिक बालविकास केन्द्र नामक नमुना बालबिकास केन्द्र हस्तान्तरण गरेको छ । आज आइतबार एक औपचारिक कार्यक्रमका बिच टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी  र टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई चाइल्ड नेपालका अध्यक्ष डा. कृष्ण सुवेदीले हस्तान्तरण गर्नुभएको हो ।

यस चाइल्ड नेपालले प्लानेट इन्फेन्टस एण्ड डेभलपमेन्टसँगको साझेदारिमा आइइसिडि परियोजना अन्तर्गत प्रारम्भिक बालविकास सेवाका लागि यस वडालाई सहयोग गर्दै आइरहेको छ र सो सहयोग अन्तर्गत नै नमुना बालबिकास केन्द्र पनि हस्तान्तरण गरेको छ ।

स्थानिय सरकारलाई यो केन्द्र हस्तान्तरण गर्न पाएकोमा संस्थाले आफु कृतज्ञ भएको जनाएको छ । यो सँगै टोखा नगरपालिकाले पनि वडाको बालबालिका विकासको लागि केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स