18.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img

वडावासीमा कसैलाई संक्रमणको लक्षण देखिए हामिलाई सम्पर्क गर्नुहोसः टोखा नगरपालिका ५ वडाध्यक्ष

कोरोना भाइरस संक्रमण केहिदिनयता घटेको छ । परिक्षण घट्दा संक्रमण घटेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । कोरोना रोकथाममा स्थानिय तहले योजना बनाएर आफ्ना कृयाकलापलाई अघि बढाएका छन् । यसैसन्दर्भमा टोखा नगरपालिका वडा नम्वर पाँचका अध्यक्ष जगन्नाथ ढकालसंग गरिएको कुराकानिको सारसंक्षेपः

कोरोना संक्रमणको अवस्था छ ?
कोरोना संक्रमणका कारण देश लकडाउनमा छ । केहिदिनयता संक्रमणको दायरा घट्दै गएको छ । यो भन्दाअघि संक्रमणदर अत्यधिक मात्रामा थियो । हामिले वडामा नै एन्टिजेन परिक्षणको दायरा बढाएका छौं । एन्टिजेन परिक्षण निशुल्क गर्दै आएका छौं । गम्भिर प्रकृतीका संक्रमितहरु छैनन् । कसैलाई संक्रमण देखिए हाम्रो पालीकाले बनाएको आइसोलेसनमा पनि पठाएका छौं । केहि संक्रमितलाई अक्सिजनको आवश्यकता प¥यो । संक्रमणबाट बचाउन कुनै कसर बाँकि राखेका छैनौं ।

संक्रमण रोकथाममा तपाइहरुले के गर्दै हुनुहुन्छ ?
हामीले संक्रमण रोकथामका लागि जनचेतनाका कार्यक्रमहरु पनि अघि बढाएका छौं । लकडाउनको पूर्णतः पालना गर्न आह्वान गरेका छौं । त्यसका लागि स्थानिय प्रशासन, प्रहरीको सहयोग पनि पाएका छौं । लकडाउन अबधिमा स्वास्थ्य केन्द्रहरुबाट कोरोना परिक्षण (एन्टिजेन, पिसीआर) गर्दै आएका छौं ।

विकास निर्माणका काम कसरी अघि बढेका छन् त ?
संक्रमणका कारण विकास निर्माणका कामहरु केहि समय रोकिएपनि अहिले पुनः भौतिक दुरी कायम गरेर अघि बढेका छन् । क्रमिकरुपमा भौतिक दुरी, मास्कको समुचि प्रयोगलाई ध्यान दिदैं साना योजनाहरु लगभग पुरा भएका छन् । टेण्डर मार्फत् हुने केहि कामहरु रोकिएका छन् ।

अन्त्यमा वडाबासिलाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले सरकारले जारि गरेको लकडाउनलाई पूर्णतः कार्यान्वयन गरौं । संयमता हौं । धैर्यताका साथ बसौं । सामाजिक दुरी कायम गरौं । कोभिडलाई परास्त गर्न सबै एक भएर लागौं । वडाबासीमा कसैलाई लक्षण देखिए, कुनै अफ्ठेरो परे जुनसुकै बेला हामी वडाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ । उपचारका लागि के गर्नुपर्छ हामी २४ सैं घण्टा तयार छौं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स