27.2 C
Kathmandu
Wednesday, June 24, 2026
spot_img

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।  विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन्।

मंगलबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्। ५२ सदस्यीय प्रदेशसभा बैठकमा भट्टले ३० मत प्राप्त गरे भने विपक्षीमा ९ मत खस्यो। एमालेको नेपाल समूह भट्टको पक्षमा भोट हाल्यो भने नेपाली कांग्रेस तटस्थ बसेको थियो। यस्तै नेकपा एमालेको ओली समूहका ७ जना सांसद र जसपाका दुई सांसदले भने विपक्षमा भोट हालेका थिए।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स