22.9 C
Kathmandu
Saturday, June 27, 2026
spot_img

टोखा नगरपालिकामा वैशाख १० देखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने

टोखा, बैशाख ८ – टोखा नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा वैशाख १० गतेदेखि अनिवार्य रूपमा नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ।

टोखा नगर शिक्षा ऐन, २०७५ र शिक्षा नियमावली, २०७६ अनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि औपचारिक रूपमा सुरु भइसकेको र विद्यालयहरूले समयमै विद्यार्थी भर्ना तथा पठनपाठन सुचारु गर्नुपर्ने प्रावधान रहेको उल्लेख गरिएको छ।

हालै नेपाल शिक्षक महासंघको नेतृत्वमा सञ्चालन भएको २० दिने आन्दोलनले विद्यालयको शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेको भन्दै नगरपालिकाले शिक्षा क्षेत्रलाई थप अव्यवस्थित हुन नदिन सशक्त कदम चालेको छ।

टोखा नगर शिक्षा शाखाका अनुसार, नगर कार्यपालिकाको निर्णयअनुसार अबदेखि सम्पूर्ण विद्यालयले शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गर्दै पठनपाठन सञ्चालन गर्नुपर्नेछ। यससँगै विद्यार्थी भर्ना, पढाइ तथा अन्य शैक्षिक क्रियाकलाप पनि पूर्ण रूपमा अगाडि बढाइनेछ।

नगर शिक्षा शाखाका प्रमुख बाबुराम गौतमद्वारा जारी सूचनामा भनिएको छ, “विद्यार्थीको शिक्षाको अधिकार सुनिश्चित गर्न विद्यालयले कुनै पनि बहानामा शैक्षिक गतिविधि प्रभावित पार्न पाइने छैन।”

नगरपालिकाले सम्पूर्ण विद्यालयहरूलाई अनिवार्य रूपमा विद्यार्थी भर्ना तथा पठनपाठन नियमित गराउन अनुरोध गर्दै, अभिभावकलाई पनि विद्यालय पठाउन आग्रह गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स