21.6 C
Kathmandu
Monday, August 11, 2025
spot_img

सरुवा गरिएको स्थानमा नजाने प्रशासकीय अधिकृतप्रति सरकार रुष्ट, सुविधा काट्नेसम्मको चेतावनी

काठमाडौँ । निजामती सेवामा कार्यरत कर्मचारीहरु सरुवा भएको स्थानमा रमाना बुझेर कार्यभार सम्हालन नगएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर कदम चाल्ने चेतावनी दिएको छ ।

स्थानीय तहसहित मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र कार्यालयमा कार्यरत कर्मचारीहरुको सरुवा भएको स्थानमा तोकिएको अवधिमा नपुग्ने गरेको र अटेरी गर्ने गरेको देखिएको भन्दै मन्त्रालयले ४ बुँदे निर्देशनसहित करवाहीको चेतावनी दिएको हो ।

हालसम्म सरुवा भइ रमना नुबझी बसेका कर्मचारीलाई ५ दिनभित्रमा रमना दिइ सम्वन्धित कार्यालयमा पठाउन र सोको जानकारी गराउन मन्त्रालयले सबै  मन्त्रालय, आयोग, निकाय र स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले सरुवा भइ नजाने कर्मचारीको तलव र सुविधा सम्वन्धित कार्यालयको प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुल उपर गर्न पत्राचार गरिने भन्दै चेतावनी समेत दिएको छ ।

तोकिएका अवधिमा सरुवा वा काज सरुवा भएका स्थानमा नपुग्ने कर्मचारीलाई  किरिया, प्रसुती र विरामीबाहेकका कुनैपनि बिदा नदिन पनि मन्त्रालयको निर्देशन छ ।

मन्त्रालयको निर्देशन नमान्ने कर्मचारी र सरुवा कार्यान्वयन गराउन नसक्ने अधिकारीमाथि विभागीय कारवाही गर्ने मन्त्रालयको चेतावनी छ ।

Notices-20250303214650627-1741054023

प्रतिक्रिया

हेडलाइन्स