29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

तिब्बतको नाक्छु नगर प्रमुख तासी दोर्जी सहितको टोलिलाई टोखामा नागरिक अभिनन्दन

काठमाडौँ । मित्र राष्ट्र चिनको नाक्छु नगरका प्रमुख तासी दोर्जी सहितको प्रतिनिधि मण्डललाई टोखामा स्वागत सहित नागरिक अभिनन्दन गरीएको छ । टोखा नगरपालिका र तिब्बतको स्वशासित क्षेत्र नाक्छु शहरबीच ४ वर्षअघि भगिनी सम्बन्ध कायम भइसकेको अवसरमा आज नाक्छु शहरका नगर प्रमुखसहितको भ्रमण टोलीले टोखा नगरको भ्रमण गरेका छन् । सो अवसरमा टोखा नगरपालिकाले नाक्छु शहरका नगर प्रमुख तासी दोर्जी सहितको टोलिलाई एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गरेको हो ।

खा नगर प्रमुख प्रकाश अधिकारीको औपचारिक भ्रमणको निमन्त्रणमा शनिबार नाक्छु शहरबाट नगर प्रमुख तासी दोर्जीसहितको ६ सदस्यीय टोली औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । बिहान ८ बजे टोखा गेटमा नाक्छु शहरका नगर प्रमुखसहितको टोलीलाई टोखा मेयर प्रकाश अधिकारी, उपमेयर मुरारी तामाङ र प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले स्वागत गरेका थिए ।

कार्यक्रममा टोखा गेटबाट नेवारी बाजागाजा र खैंजेडी भजनसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, पूर्व जनप्रतिनिधिहरु, नगर प्रहरी, नेपाल प्रहरी, शिक्षक तथा विद्यार्थीहरु र नेवारी भेषभूषामा सजिएर धिमेबाजा, बाँसुरी समूह र ब्याण्ड बाजा बजाएर टोखा बजार परिक्रमा गरेपछि आयोजित सभामा टोखाको मौलिक मयुर नाचबाट विदेशी पाहुनाहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा नेवारी नृत्य, कुमारी नाच र तरिया नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्वागत मन्तव्य राख्दै नाक्छु शहरले कोभिड–१९ महामारीको बेला गरेको स्वास्थ्य सामग्री सहयोगको खुलेरै चीनको प्रशंसा गरेका थिए । यस्तै टोखा नगर प्रमुखले नाक्छु शहरका नगर प्रमुखलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नाक्छु शहरका नगर प्रमुख ताजी दोर्जीले टोखाले गरेको न्यानो मायाँको लागि धन्यवाद प्रकट गर्दै आगामी दिनमा भगिनि सम्बन्ध भएका कारण समृद्ध टोखा निर्माणका लागि कृषि, पर्यटन र लघु उद्योगको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै भगिनी सम्बन्धलाई अझै प्रकाढ बनाउँदै सहयोग आदानप्रदान गर्ने बताएका छन् ।

टोखा नगरपालिका र तिब्बतको नाक्छु नगर विच भागिनी सम्बन्ध स्थापित भई दुवै नगर वीच सहकार्य हुदै आएको छ।

प्रतिक्रिया

हेडलाइन्स