25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

कात्तिक । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्ति लोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स