21.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

धादिङको बेनीघाट गाउँपालिकाद्धारा ३०० भन्दा बढी शिक्षक अभिभावक र विद्यार्थी सम्मानित

धादिङ । धादिङ जिल्लाको बेनीघाट गाउँपालिकामा ३०० भन्दा बढी शिक्षक अभिभावक र विद्यार्थी सम्मानित भएका छन् । संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजित शैक्षिक सम्मान समारोहमा ३०० भन्दा बढी शिक्षक सम्मानित भएका हुन्।

विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू नगद पुरस्कारसहित, उत्कृष्ट नतिजा ल्याउनको लागि अहोरात्र मेहनत गर्ने शिक्षक र सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई अध्ययन अध्यापन गराउनुपर्छ भन्ने उद्देश्य राखी आफ्ना बाबु नानीहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न पठाउने अभिभावकज्यूहरू सम्मानित भएका छन् ।

उक्त संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको समारोहमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै धादिङ जिल्ला क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य तथा पूर्व बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकाले गरेको उक्त सम्मानप्रति खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रमा लाग्नुहुने तमाम गाउँवासीलाई शिक्षा सुधारको लागि तमाम गाउँवासीको पनि उत्तिकै भूमिका रहने र आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने जनाउँदै संविधान दिवस र शिक्षा दिवसको शुभकामना दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नर्मदा घिमिरेले शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि शिक्षकको मात्र नभई तमाम अभिभावक र विद्यार्थीको पनि उत्तिकै भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरू र अभिभावक मात्र नभई संस्थागत विद्यालयका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सभापतिको भूमिका निर्वाह गर्दै गाउँपालिका अध्यक्ष कृष्ण थपलियाले तमाम गाउँवासी र शिक्षाप्रेमीहरु को जिज्ञासाबाट नै गुणस्तरीय नतिजा आउन सक्ने कुरा बताउँदै आगामी दिनहरूमा शिक्षा सुधारका लागि गाउँपालिकाले गर्नुपर्ने कुनै कसर बाँकी नराख्ने र गाउँपालिकाले ठूलो मात्रामा शिक्षामा लगानी गरेकै कारणले आज बेनीघाट रोराङ गाउँपालिकामा उत्कृष्ट नतिजा आउन सफल भएको बताउनुभयो।

प्रतिक्रिया

हेडलाइन्स