25.1 C
Kathmandu
Thursday, April 2, 2026
spot_img

नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी

काठमाडौं । नेपालबाट भारतीय भूमी हुँदै बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति ९जेएससी०को ११ औं बैठकले भारतको प्रसारण लाइन प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न भारतको आयात–निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै त्रिपक्षीय सम्झौता गर्न आवश्यक सैद्धान्तिक पक्षमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीन राज सिंहले जानकारी दिए ।

उनका अनुसार निर्देशक समितिको बैठकले १८ पुसमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसमा छलफल गरेको थियो ।

बैठकमा नेपाल भारतबीचको मौजुदा विद्युत प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर देशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजना तथा सम्वद्ध प्रसारण लाइन आयोजना, अन्तर देशीय विद्युत आयात–निर्यात लगायतका विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स