29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

सरकारले एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गरी काम गर्न निर्देशन दिएको छ ।

समितिका सदस्यहरुमा सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स