22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

पेट्रोलमा प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबजार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ। निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । इण्डियन आयल कर्पोरेसन ९आईओसी०बाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ गर्दै आएको हो ।

मंगलबार आएको नयाँ मूल्य सूचीअनुसार आईओसीबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढेको जनाएको छ । निगमका अनुसार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स