22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

१ सय २२ स्थानीय तह अझै प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि १ सय २२ मा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व अमनलाल मोदीले सम्हालेपछि रिक्त स्थानीय तहमा आक्रामक रुपमा प्रमुख प्रशासकीय अधिकृत पठाइरहेका छन् । तर, अझै पनि धेरै स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् ।

मन्त्रालयका प्रवक्ता कमल भट्टराई अनुसार मोदी हुनुअघि २ सय ५० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त थिए । ‘तर, १ सय २८ स्थानीय तहमा प्रशासकीय प्रमुखहरु पठाइसकिएको छ , बाँकीमा पनि साउनको अन्तिमसम्म पठाउने तयारी गरेका छौं,’ भट्टराईले अनलाइनखबरसँग भने ।

लामो समय संघीय कार्यालय वा र सुगम ठाउँमा बसेका अधिकृत र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको उनले बताए । ‘पाँच वर्षदेखि काठमाडौं उपत्यकाका कार्यालयहरु खासगरी सिंहदरबारमा नै बसेका कर्मचारीलाई स्थानीय तहमा पठाइएको छ,’ उनले भने, ‘दरबन्दीअनुसार कर्मचारी अभाव भएकाले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिएको थिएन, तर अहिले संघका कार्यालयहरुमा कर्मचारीको संख्या कटौती गरेर स्थानीय तहमा पठाइएको हो ।’

दुई तिहाइ उपमहानगरपालिका प्रशासकीय अधिकृतविहीन
मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका अनुसार सोमबार साँझसम्म देशभरकमा सात वटा उपमहानगरपालिमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको सह–सचिव हुनुपर्ने कानुनी व्यवस्था छ । मुलुकका ६ वटै महानगरपालिकामा प्रशासन प्रमुख रहे पनि ११ उपमहानगरपालिकामध्ये धरान, हेटौंडा, तुलसीपुर र धनगढीमा मात्रै प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् । बाँकी दुई तिहाइ उपमहानगरपालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

दुर्गम जान मान्दैनन् कर्मचारी, कर्णाली र सुदूरपश्चिममा धेरै खाली
प्रशासन क्षेत्रका उपसचिवले नेतृत्व लिनुपर्ने २७६ नगरपालिकामध्ये ३१ नगरपालिकामा अझै पनि निमित्तको भरमा नै रहेको मन्त्रालयलको तथयंक रहेको छ । प्रशासन क्षेत्रका शाखा अधिकृतको दरबन्दी रहने ४ सय ६० गाउँपालकामध्ये ८४ गाउँपालिका निमित्तको भरमा चलेका छन् । विगतमा मधेश प्रदेशका धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु खालि रहेकोमा अहिले त्यहाँका उपमहानगरबाहेक नगरपालिका र गाउँपालिकाको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश ३४ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । सुदूरपश्चिम रहेको ३३ नगरपालिकामध्ये १० नगरपालिकामा निमित्त छन् भने ५४ गाउँपालिकामध्ये २४ गाउँपालिका निमित्तको भरमा रहेका छन् ।

भुक्तानीमा समस्या
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले नै प्रशासनिक नेतृत्व गर्ने हुँदा बजेट परिचालन र भुक्तानी सम्बन्धीमा काममा स्थानीय सरकारले समस्या भोग्दै आएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको समयमा नै १ सय ४१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत थिएनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स