21.2 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

कोशी प्रदेशमा मुख्यमन्त्रीसँगै केही मन्त्रीले आज सपथ लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनुहुनेछ ।

प्रदेश प्रमुखको कार्यालयले साँझ ५ बजे शपथको समय निर्धारण गरेर तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापाले अघिल्लो क्याबिनेटमा सहभागी हुनुभएका केही मन्त्रीहरू दोहोरिने प्रतिक्रिया दिनुभएको छ । आज विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार, नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र नेकपा माओवादी केन्द्रबाट निवर्तमान सभामुख बाबुराम गौतमलाई समावेश गर्ने तयारी भइरहेको बताइएको छ । यद्यपि यस विषयमा अहिलेसम्म औपचारिक जानकारी भने गराइएको छैन ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार मङ्गलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन प्राप्त काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । थापासँग सरकार गठन गर्न आवश्यक पर्ने न्यूनतम सङ्ख्या ४७ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स