27.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

पाँच दिनसम्म पनि भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका तीन कर्मचारी

सिन्धुलि । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका तीन जना कर्मचारी पाँच दिनसम्म पनि फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० चिरञ्जिवी दाहालले बेपत्ताहरू र गाडीको निरन्तर खोजी कार्य भइरहेको रहेको जानकारी दिए।

जेठ १९ गते शुक्रबार बिहान सुनकोशीमा सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडीमा सवार ३ जना बेपत्ता छन्। गाडीका चालकलाई भने त्यही दिन उद्धार गरिएको थियो। गाडीसहित सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको डिएसपी दाहालले जानकारी दिए।

‘शव नभेटिञ्जेल खोजी कार्य हुन्छ। यत्तिकै छोड्न मिल्दैन,ʼ उनले भने। उनका अनुसार गाडी नदीको गहिरो भागमा खसेकाले नदीको धार परिवर्तन गरेर खोज्ने काम भइरहेको छ। ‘नदीको दुई किलोमिटर आसपासमा खोजी कार्य भइसकेको छ,ʼ उनले भने, ‘नदीको धार परिवर्तन गरी पानी सुकाउँदा भेटिन्छ कि भन्ने आश छ।ʼ

खोजी कार्यको लागि ७ जनाको गोताखोरको टोलीसहित ३ वटा स्काभेटर परिचालन गरिएको डिएसपी दाहालले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको डिएसपीले दाहालले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स