18.1 C
Kathmandu
Monday, May 25, 2026
spot_img

मेलम्चीको पानी दुई सातापछि काठमाडौं पठाइयो

काठमाडौँ । दुई साता रोकिएको मेलम्चीको पानी पुनः काठमाडौं पठाइएको छ। बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि आयोजनाले गत जेठ ६ गतेदेखि पानी पथान्तरण रोकेको थियो।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना९हेडवर्क्स० तहसनहस बनाएको थियो। सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स