29.2 C
Kathmandu
Wednesday, June 24, 2026
spot_img

उपचार खर्च सार्वजनिक गर्नु

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का संक्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न भनिएको उनले बताए। “बिरामीको उपचारबापत लाग्ने रकमबारे जानकारी पाउने प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानूनी एवम् नैतिक कर्तत्व हो”, उनले जारी गरेको सूचनामा भनिएको छ ।

साथै, अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख गरी शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स