30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।

यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ ।

तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स