19.1 C
Kathmandu
Thursday, April 30, 2026
spot_img

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा फेरि मतगणना रोकियो

बाजुरा । बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ। प्रतिनिधिसभातर्फको गणनाका क्रममा खसेको मतभन्दा ३० मत बढी मतपत्र भेटिएपछि त्यसबारे दलहरूसँग छलफल गर्नका लागि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए।

‘मुचुल्कामा उल्लेख गरिएकोभन्दा ३० मत बढी फेला परेपछि त्यसबारे राजनीतिक दलहरुसँग छलफल गर्नका लागि अहिले केहीबेरलाई मतगणना रोकिएको हो,’ पौडेलले भने।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो। अहिले राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स