24.1 C
Kathmandu
Monday, May 18, 2026
spot_img

समानुपातिकमा एमालेले कटायो २५ लाख मत, कसले कति ल्याए ?

काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले २५ लाख ७ हजार ४०३ मत प्राप्त गरेको छ। त्यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुन: तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८ सय ८५ मत प्राप्त गरेको छ। चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले ३ लाख ५१ हजार २ सय ६० मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स