काठमाडौं । मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र न २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।
बाजुराको बुढीनन्दा ५ मा मतदानको दिन झडप भएर मतदान न स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहत निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएका छ ।
आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुमा स्थगन भएको मतदान भोलि शनिवारलाई तोकिएको छ । मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ । अनुसन्धान पश्चात यसको कारबाही थालिनेछ ।’
दोलखा र स्याङ्जा क्षेत्र न २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खासलेको भन्दै प्रतिस्पधी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

